विदेशमा मृत्यु भएका र उतै अन्त्येष्टि गरिएका श्रमिकका हकवालालाई सान्त्वना राहत बुझ्न आउन बोर्डको अनुरोध

 कात्तिक १७, २०७७ सोमबार १३:४७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका र विदेशमा नै अन्त्येष्टि गरिएका मृतकका परिवारलाई सान्त्वना राहतका लागि निवेदन दिन वैदेशिक रोजगार बोर्डले अनुरोध गरेको छ ।

विदेशमा विभिन्न कारणले ज्यान गुमाएका तर कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडान बन्द भएकाले शव नेपाल ल्याउन समस्या हुँदा विदेशमा नै अन्त्येष्टि गर्न सहमति दिएका मृतकका आफन्तलाई बोर्डले प्रदान गर्ने सान्त्वना राहत स्वरुप ५० हजार रुपैयाँ रकम बुझ्न आउन बोर्डले अनुरोध गरेको हो ।

महामारीको समयमा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा लामो समयसम्म शव कुर्नुपर्ने बाध्यतालाई चिर्नका लागि बोर्डले परिवारको सहमतिमा गन्तव्य देशमै शव अन्त्येष्टिका लागि समन्वय गरेको थियो । यसरी अप्ठेरो समयमा गन्तव्य देशमै अन्त्येष्टिका लागि सहमति दिने मृतकका हकवालालाई सान्त्वना राहत स्वरुप ५० हजार रुपैयाँ प्रदान गर्ने बोर्डले निर्णय गरेको थियो ।

त्यही निर्णय अनुसार बोर्डले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिने परिवारलाई राहत लिन आउन भनेको हो । बोर्डमार्फत प्रदान हुने सान्त्वना राहतका लागि मृतकका हकवालाले सम्बन्धित देशमा रहेको नेपाली दूतावासले जारी गरेको मृतक श्रमिकको विवरण, अन्त्येष्टिका लागि परिवारबाट दिइएइको सहमति पत्र, विदेशमा अन्त्येष्टि गरिएको कागजात र हकवालाको नाममा कुनै पनि क बर्गको बैंक खाताको प्रमाणित निस्सा लगायत तोकिए अनुसारको कागजात संलग्न गरेर बोर्डमा इमेलमार्फत निवेदन दिन सकिन्छ ।

निवेदन [email protected] मा दिन सकिने बोर्डले जनाएको छ । यसबारेमा थप जानकारीको लागि श्रम मन्त्रालयको कल सेन्टर ११४१ वा बोर्ड सचिवालयको फोन नम्बर ०१४२२०३११, ०१४२२०५६७ मा कार्यालय समयमा सम्पर्क गर्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया