निमोनियाका कारण अस्पताल भर्ना भएका रोनाल्डो भोलि डिस्चार्ज हुने

 साउन २७, २०७५ आइतबार २१:११:३० | एजेन्सी
unn.prixa.net

निमोनिया भएपछि अस्पताल भर्ना भएका ब्राजिलियन फुटबल लिजेण्ड रोनाल्डोलाई भोलि डिस्चार्ज गरिने जनाइएको छ ।

रोनाल्डोलाई भर्ना गरिएको अस्पताल क्यान मिसेस अस्पताका प्रवक्ताले रोनाल्डोको उपचार चलिरहेको र उनका बारेमा थप केही जानकारी दिन नमिल्ने बताए । छुट्टी मनाउन लाबिजा स्पेन पुगेका बेला उनलाई निमोनिया भएको हो ।

सन् २००२ मा ब्राजिलले विश्वकप फुटबल जित्दा महत्वपूर्ण सदस्य रहेका रोनाल्डोलाई शुक्रबार अस्पताल भर्ना गरिएकोमा स्वास्थ्यमा क्रमिक सुधार आएकाले सोमबार डिस्चार्ज गर्न सकिने जनाइएको हो । 

४१ वर्षीय रोनाल्डोले ब्राजिलका लागि ६२ गोल गरेका छन् । सन् १९९४ देखि २००६ सम्म ४ वटा विश्वकप खेलेका रोनाल्डो फिफा विश्वकपमा १० गोल भन्दा बढि गोल गर्ने खेलाडीको दोस्रो नम्बरमा छन् ।

उनले १५ गोल गरेका छन् भने जर्मनीका मिरोस्लाभ क्लोजले १६ गोल गरका छन् । रोनाल्डो रियल मड्रिड, बार्सिलोना, इन्टर मिलान र एसी मिलानमा पनि खेलेका थिए । यसैगरी उनले बलोन डी ओर अवार्ड सन १९९७ र २००२ मा जितेका थिए ।
 

अन्तिम अपडेट: कात्तिक २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया