अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च
कात्तिक २३, २०८१ शुक्रबार
आर्सनललाई पराजित गरी साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा उपाधि रक्षाको अभियान सुरु गरेको छ ।
पहिलो खेलमा आइतबार आर्सनललाई उसकै मैदानमा २-० गोलअन्तरले पराजित गरेपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भनेका छन् कि उनको टोली यो भन्दा अझै राम्रो खेल्न सक्षम थियो ।
यता आर्सनल भने सन् १९९६ पछि पहिलो पटक आर्सने वेंगरबाहेकका प्रशिक्षकको मातहतमा ठूला प्रतियोगिता सुरुआत गर्दै थियो ।
खेलको १४औं मिनेटमा करिब २० यार्ड टाढाबाट रहीम स्टर्लिंगले गोल गरी पाहुना टोली सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
सिटीका लागि डेब्यू खेलमा रियाद मेहेरेज पनि गोलको नजिक थिए । तर, उनको प्रहार आर्सनलका गोलरक्षक पिटर चेकले मुस्किलले जोगाए । त्यस्तै एमेरिक लापोर्टेको प्रहार पनि चेकले रोकिदिए ।
तर, ६४औं मिनेटमा बर्नार्डाे सिल्भाले पेनाल्टी एरियाबाट प्रहार गरेको शानदार भली चेकले पत्तो पाउनै सकेनन् । त्यसयता दुवै टोलीले गोल गर्न सकेनन् र सिटी २-० ले विजयी भयो ।
‘हामीसँग त्यस्ता थुप्रै खेलाडीहरु छन् जो पछिल्लो दुई सिजनदेखि एकसाथ खेलिरहेका छन् ।’ सिटी प्रशिक्षक ग्वार्डिओलाले भने, हामीले मूलतः राम्रै प्रदर्शन गर्यौं र एक पछि अर्को खेलमा हामी अझै राम्रो गर्न सक्छौं ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।