मुगुको रारातालमा आन्तरिक पर्यटकको चहलपहल

 कात्तिक २८, २०७७ शुक्रबार १३:१६:४३ | रासस
unn.prixa.net

मुगु - मुगुको पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या बढ्न थालेको छ ।

कोरोना सङ्क्रमण जोखिम र लकडाउनका कारण सुनसान बनेको रारा तालमा लकडाउन हटेसँगै चहलपहल सुरु भएको हो । अहिले बिदाको मौका पारेर घुम्न आउनेहरु बढेका रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । झण्डै ७ महिना सुनसान बनेको रारा तालमा अहिले दैनिक १ सय ५० जनासम्म आन्तरिक पर्यटक सडक र हवाइमार्गबाट आउने गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत पदम बुढाले जानकारी दिनुभयो ।

अहिले रारा आसपासका होटेल र गाउँ पनि पर्यटकले भरिन थालेका उहाँले बताउनुभयो । निकुञ्जका अनुसार यसवर्षको असोज र कात्तिकमा रारामा झण्डै तीन हजार आन्तरिक पर्यटक भित्रिएका छन् । रारामा घुम्न जाने पर्यटक बढेका कारण रारा विमानस्थलमा तारा, सीता र गोमा एयरलाइन्सले दैनिक पाँचदेखि सात वटासम्म सुर्खेत र नेपालगञ्जबाट उडान भर्ने गरेका छन् ।

रारामा जानेको सङ्ख्या बढेपछि कर्णाली राजमार्गमा रहेका होटेलमा पनि चहलपहल बढेको सिञ्जा गोठिज्युलाका होटेल व्यवसायी भक्तबहादुर बुढाले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया