नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ । कर्णाली, सुदूरपश्चिम, कोशी, गण्डकीका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पश्चिमी वायुको प्रभाव छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आजको मौसम साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने अनुमान छ ।
आज बिहान विराटनगर, भैरहवालगायत तराईका क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । तराई/मधेशका अरु ठाउँमा हुस्सु छ । काठमाण्डौ उपत्यकामा बिहान पातलो हुस्सु छ ।
आज राति भित्रने प्रणालीले धनगढी, डडेलधुरालगायतका ठाउँमा हल्का वर्षा हुन सक्ने, लुम्बिनीमा बादल लाग्ने सम्भावना रहेको महाशाखामा मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।
भोलि आइतवार रातिदेखि पानी पार्ने प्रणाली कमजोर बन्ने र सोमवारदेखि मौसममा सुधार हुने महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।