सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा बाग्मती युथ क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ ।
एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको २–० गोलले हरायो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । बाग्मती युथले दुवै गोल दोस्रो हाफमा गर्याे ।
दाेस्राे चरणमा बाग्मतीकाे याे पहिलाे जीत हाे । वालिङ अझै जीतविहीन छ । याे जीतसँगै बाग्मती ४ खेलमा ३ अङ्कसहित तालिकाकाे चाैथाे स्थानमा छ । लगातार चाैथाे खेल हारेकाे वालिङ पुछारमा छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच वटा टोली दोस्रो चरणको सुपर फाइभमा पुगेका छन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए ।
दोस्रो चरणमा बाग्मती युथ, वालिङसहित सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब पुगेका छन् । दोस्रो चरण आउँदो माघ १६ गतेसम्म चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।