सीतापाइला–धार्के सडक आजदेखि १५ दिनको लागि बन्द हुने
कात्तिक २३, २०८१ शुक्रबार
गोलरक्षक मार्को टर स्टेगेनले अन्तिम मिनेटमा पेनाल्टी बचाउ गरेपछि सेभियालाई २-१ गोलले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ ।
मोरक्कोको टानजियारमा खेलाइएको खेलमा पाब्लो सारावियाको गोल भिडियो असिस्टेन्ट रेफ्री भारले मान्यता दिएपछि सेभियाले अग्रता लिएको थियो । खेलको नवौं मिनेटमा भएको त्यस गोललार्इ रेफ्रीले अफसाइड देखाए पनि भारले मान्यता दिएको हो ।
खेलको ४२औं मिनेटमा नजिकैबाट गोल गरी पहिलो हाफमा खेल बराबरीमा ल्याए ।
फ्रान्सेली विश्वविजेता टोलीका सदस्य ओस्मान डेम्बेलेले बार्सिलोनाका लागि पहिलो पटक ठूला खेलमा निर्णायक गोल गरे । ७८औं मिनेटमा मेस्सीको पासमा उनले गोल गर्दा बार्सिलोनाले २-१ को अग्रता लियो ।
खेलको अन्तिम मिनेटमा गोलरक्षक स्टेगेनले बार्सिलोनाबाट यसै सिजन सेभिया गएका एलेक्स भिडाललाई फल गरेपछि पाएको पेनाल्टीमा विसाम बेल येडारको कमजोर प्रहार स्टेगेनले बिफल पारिदिएका थिए ।
बार्सिलोनाले पछिल्लो १० मध्ये ९ पटक स्पेनिस सुपरकपको उपाधि जितेको छ । योसँगै बार्सिलोनाका लागि लियोनल मेस्सीको उपाधि संख्या ३३ पुगेको छ ।
यस सिजन स्पेनिस ला लिगाको नयाँ सिजन अर्को सातादेखि सुरु हुँदैछ । स्पेनिस सुपर कप ला लिगामा विजेता र कोपा डेल रे विजेताबीच हुने गर्छ । यसपटक दुवै उपाधि बार्सिलोनाले जितेकाले कोपा डेल रेको उपविजेताको हेसियदमा सेभियाले सुपर कप खेलेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।