भारतमा ५० बालबालिकालाई यौन उत्पीडन गरेको आरोपमा इञ्जिनियर पक्राउ

 मंसिर ३, २०७७ बुधबार ७:१३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा ५० जना बालबालिकालाई यौन उत्पीडन गरेको आरोपमा इञ्जिनियर पक्राउ परेका छन् ।

भारत उत्तरप्रदेशमा सिँचाइ विभागका एक जना जुनियर इञ्जिनियरलाई झण्डै ५० जना बालबालिकाको भिडियो र तस्बिर बेचेको आरोपमा पक्राउ गरिएको समाचार एजेसी पीटीआईले जनाएको छ  ।

केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईले बालबालिकाको अनलाइन उत्पीडनबारे निगरानी राख्नका लागि बनाएको स्पेहल पूनिटमार्फत् कयौँ दिनसम्म निगरानी गरेर त्यसपछि पक्राउ गरिएको खबरमा उल्लेख छ ।

सीबीआईका अधिकारीका अनुसार जूनियर इञ्जिनियरले गएको १० वर्षको अन्तरमा ५ देखि १६ वर्षका ५० जना बालबालिकाको विभिन्न तरिकाले यौन उत्पीडन गरेको पाइएको छ । यी बालबालिका उत्तर प्रदेशको चित्रकूट, बांदा र हमीरपुर जिल्लाका रहेका छन्  । कतिपय बालबालिकालाई घटनाबारे कसैलाई पनि नभन्न भन्दै केही नगद र मोबाइल फोन समेत दिएको पाइएको छ ।

पक्राउ परेका इञ्जिनियर चित्रकूट जिल्लाका हुन् । उनको साथबाट आठ लाख रुपैयाँ नगद, मोबाइल फोन, ल्यापटप, वेब क्यामेरा, पेन ड्राइभ, मेमोरीकार्ड लगायतका सामान बरामद गरिएको खबरमा जनाइएको छ 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया