वाणिज्य बैंकहरुको नाफा घट्यो : कुन बैंकको कति ?

 मंसिर ४, २०७७ बिहीबार १३:५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चालू आर्थिक वर्षको पहिलो तीन महिनामा धेरै वाणिज्य बैंकको नाफा घटेको छ ।

२७ वाणिज्य बैंकमध्ये १८ वटाको नाफा घटेको छ । बाँकी ९ बैंकले भने नाफा बढाउन सफल भएका छन् । पहिलो तीन महिनाको वित्तीय विवरणअनुसार ग्लोबल आइएमई बैंकले १ अर्ब ६ करोड नाफा कमाएको छ । यस्तै नबिल बैंकले १ अर्ब ३ करोड ५७ लाख, एनआईसी एसिया बैंकले १ अर्ब २ करोड १० लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब १ करोड ७६ लाख र प्रभु बैंकले ८५ करोड करोड नाफा कमाएका छन् । 

मेगा बैंकले ६० करोड ६९ लाख, बंगलादेश बैंकले ५७ करोड ११ लाख, एनएमबी बैंकले ७३ करोड २९ लाख, सिटिजन्स बैंकले ५१ करोड ५५ लाख र कुमारी बैंकले ६० करोड २५ लाख नाफा बढाएका छन् । एसबीआई बैंकको सबैभन्दा धेरै ५४ प्रतिशतले नाफा घटेको छ ।

एभरेष्टको ५१, हिमालयनको ४७ र स्टान्डर्ड चार्टर्डको ३७ प्रतिशतले नाफा घटेको छ । त्यस्तै नाफाका आधारमा अन्तिम स्थानमा रहेको सिभिल बैंकको ३९ प्रतिशतले घटेको छ । कोभिड-१९ को असरले वाणिज्य बैंकहरुको नाफा अघिल्लो वर्षको तुलनामा घटेको हो ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया