सरकारले ल्यायो विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका : व...
पुस २७, २०८१ शनिबार
ताप्लेजुङ – प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका ६ काे घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको साेमबार उद्घाटन गर्नुभएको छ ।
घुन्सा फाउण्डेशनद्वारा निर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा आइपुग्नुभएको थियो । भवन उद्घाटनअघि उहाँले छिमेकी चीनसँगको सीमा क्षेत्र ओलाङचुङगोला क्षेत्रको हवाई निरीक्षण पनि गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङलगायत घुन्सा आउनुभएको छ ।
ताप्लेजुङकाे दुर्गम घुन्सामा २०७१ सालमा स्वास्थ्य एकाइ स्थापना भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।