सीता एअरले सुर्खेतबाटै कर्णालीका दुर्गम जिल्लामा हवाई सेवा सुरु गर्ने

 जेठ १६, २०७५ बुधबार ७:५८:१० | मुना हमाल
unn.prixa.net

सुर्खेत, जेठ १६ – सीता एअरले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट नै कर्णालीका अरु जिल्लामा हवाई सेवा सुरु गर्ने भएको छ ।  यस अघिसम्म सीता एअरले नेपालगञ्जबाट कर्णालीका विकट जिल्लामा हवाई सेवा दिंँदै आएको थियो । जुम्ला, हुम्ला, मुगु र डोल्पामा असार १५ गतेदेखि हवाई सेवा सुरु गर्ने सीता एअरले प्रतिबद्धता जनाएको छ ।

कर्णालीका जिल्लाबाट सिधै हवाई सेवा सञ्चालन नहुँदा दुर्गम जिल्लाका बासिन्दा नेपालगञ्ज पुगेर तीन घण्टाको गाडीको यात्रा गरी सुर्खेत आउनुपर्ने समस्या थियो । प्रदेश राजधानी सुर्खेतबाट सिधै यात्रा गर्दा भाडादर पनि सस्तो पर्ने सीता एअरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया