नेपालमा काेराेना सङ्क्रमणबाट मुक्त हुने दुई लाख नाघे

 मंसिर ८, २०७७ सोमबार १६:३४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई लाख नाघेको छ । गएको २४ घण्टामा तीन हजार ४३ जना कोरोनामुक्त भएसँगै कोरोनालाई जित्नेको सङ्ख्या दुई लाख दुई हजार ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा एक हजार नाै सय ८० जनामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएकाे छ । योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २२ हजार दुई सय ८८ पुगेको छ । पछिल्लाे २४ घण्टामा १० हजार तीन सय ८१ जनाको पीसीआर परीक्षण भएको थियो ।

साेमबार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार आठ सय ८४ छ । त्यस्तै ६ सय २९ जना क्वरेण्टीनमा छन् । यस्तै गएको २४ घण्टामा १६ जनाको ज्यान गएसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया