सरकारले ल्यायो विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका : व...
पुस २७, २०८१ शनिबार
रुकुमपूर्व - रुकुमपूर्वमा भेडा गोठाला बथानसहित बेँसी झर्न थालेका छन् ।
पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेका भेडा गोठाला भेडाको बथानसहित न्यानो ठाउँ खोज्दै बेँसीतिर झरेका हुन् । भेडाका बथानसहित उनीहरु रुकुमपश्चिम, सल्यान, रोल्पा, दाङ र सुर्खेतलगायतका ठाउँमा झरेका हुन् ।
चिसोका कारण भेडा बाँच्न नसक्ने भएपछि यो बेला न्यानो ठाउँ खोज्दै बेँसीतिर झर्ने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं १० का विकास बुढामगरले बताउनुभयो । दुई जनाले ५ सयभन्दा बढी भेडाको बथान हेर्ने गरेको पनि उहाँले बताउनुभयो । आउँदो फागुनको अन्तिमसम्ममा जता चरण क्षेत्र छ, त्यतै भेडा डुलाउने र चैत्रको महिना मात्र पुन गाउँ फर्कने उहाँले बताउनुभयो ।
चार महिनालाई पुग्ने रासन भेडालाई बोकाएर बेँसी झारेको अर्का ठाकम घर्तिमगरले बताउनुभयो । एकै ठाउँमा बसेर भेडा पाल्न सक्ने अवस्था नभएपछि घुमन्ते बनेर भेडापालन व्यवसाय गर्नुपर्ने बाध्यता रहेको पुथाउत्तररगङ्गा गाउँपालिकाका अर्का उमेश बुढाले बताउनुभयो ।
रुकुमपूर्व लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला हो । लुम्बिनी प्रदेश सरकारले पुथाउत्तरगङ्गा गाउँपालिकामा भेडा स्रोतकेन्द्र स्थापना गर्ने योजना बनाएको छ । स्रोतकेन्द्र स्थापना गर्ने ठाउँ छनोटका लागि अनुगमन गरेको र अहिले अस्तव्यस्त तरिकाले भइरहेको भेडापालन व्यवसायलाई व्यवस्थित गरिने कृषिमन्त्री आरती पौडेलले बताउनुभएको
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।