सरकारले ल्यायो विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका : व...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै - राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत कार्यमा योगदान गरेकामा विभिन्न कम्पनीलाई सम्मानस्वरुप अनुदान सहयोग प्रदान गरेको छ ।
हिजाे आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण गर्नुभयो । बैंकले जर्मन सरकारबाट प्राप्त अनुदान सहयोगमा सञ्चालित इनर्जी इफिसेन्सी प्रोग्राम अन्तर्गत अनुदान सहयोग उपलब्ध गराइएको हो ।
अनुदान सहयोग कार्यक्रमअन्तर्गत प्रिमियर अर्गानिक्स प्रालिलाई ५३ लाख ५१ हजार ५८४ रुपैयाँ , हुलास स्टील इन्डस्ट्रिजलाई ३३ लाख १५ हजार र प्रिमियर स्टिललाई १७ लाख आठ हजार ४५६ रुपैयाँ रकम हस्तान्तरण गरिएको छ । मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हस्तान्तरण गर्नुभयो ।
उहाँले अन्य उद्योगलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गर्दै यस्तो अनुदानले ऊर्जाको बचत गरी राष्ट्रकै लागि योगदान पुग्ने बताउनुभयो । नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले सो आयोजना कार्यान्वयन गरेको हो ।
आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइने छ ।
आयोजनाअन्तर्गत कुनै एक एकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु एक करोडसम्मको सहायता रकमका लागि दरखास्त दिन सकिने बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।