रातको समयमा खेल हेर्ने विराटनगरवासीको चाहना छिट्टै पूरा हुँदै

 मंसिर १९, २०७७ शुक्रबार १९:४०:३१ | रासस
unn.prixa.net

मोरङ – विराटनगरको शहीद रङ्गशालामा रात्रिकालीन बत्ती जडान गर्ने काम सुरु भएको छ । प्रदेश १ सरकारले रङ्गशालामा फ्लड लाइट जडानको काम सुरु गरेको हो ।

चार करोड २९ लाख रुपैयाँ लागतमा गएको वर्षको असोजमा कार्की बन्धु अमर जेभीसँग ३२ देखि ३५ मिटरसम्मको उचाइ रहने गरी चार वटा पोल खडा गरी प्रत्येक फ्लड लाइट फ्रेममा एक हजार वाटको २७ वटा बत्ती जडान गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

लकडाउनका कारण भारतबाट सामग्री ल्याउन समस्या भएपछि काम सुरु हुन सकेको थिएन । लाइट जडानका लागि भारतबाट १० जना प्राविधिक खटिएका छन् । रात्रिकालीन खेलकुद हेर्ने विराटनगरवासीको चाहना छिट्टै पूरा हुने विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताउनुभयो ।

सरकारको लगानीमा फ्लड लाइट जडान हुने शहीद रङ्गशाला दशरथ रङ्गशालापछिको दोस्रो हो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया