काठमाडौंबाट सुर्खेत उडेको हेलिकप्टर अकस्मात अर्घाखाँचीमा अवतरण

 साउन २९, २०७५ मंगलबार १७:२१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – मौसममा खराबी आएपछि अर्घाखाँचीको सन्धिखर्कमा अकस्मात हेलिकप्टर अवतरण गरिएको छ । 

काठमाडाैंबाट सुर्खेतका लागि उडेको कैलाश सर्भिसेजको  हेलिकप्टर मौसमको खराबीले बाटो बिराएपछि सन्धिखर्कको शान्तिनगरको फाँटमा अकस्मात अवतरण भएको हो ।

मौसम खराब भई अवतरण गरेको हेलिकप्टर झण्डै २५ मिनेटपछि भैरहवाको लागि उडेको हो । भैरहवा गएर फ्युल भरेपछि पुनः सुर्खेतका लागि उडेको  जनाइएको छ  । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया