बासमती धानमा नेपालले दाबी पेस गर्ने

 मंसिर २४, २०७७ बुधबार १३:५६:३४ | रासस
unn.prixa.net

काठमाण्डाै – भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेस गरेकाे विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका पदाधिकारीको बैठकले बासमती धानबारे भारतले गरेको दाबीकाे प्रतिवाद गर्दै नेपालका तर्फबाट आधिकारिक दाबी पेस गर्ने निर्णय गरेको छ । 

कृषि मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसी बासमती धान परापूर्वकालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन भएर विदेशमा समेत निर्यात हुने गरेकाले यसमा नेपालको समेत हक स्थापित हुनुपर्ने बताउनुहुन्छ ।

उहाँका अनुसार यस प्रयोजनका लागि नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि अनुवांशिक स्रोत केन्द्रमार्फत तोकिएको म्यादमा दाबी विरोध गर्ने निर्णयअनुसार नेपालका तर्फबाट केन्द्रले आधिकारिक दाबी पेस गर्ने निर्णय भएको छ ।  

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया