सरकारले ल्यायो विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका : व...
पुस २७, २०८१ शनिबार
माेरङ – कोरोना भाइरस सङ्क्रमणकाे कहरकाे समयमा रगत अभाव हुन नदिन विराटनगर महानगरपालिकाले बिहीबार आयोजना गरेको कार्यक्रममा सय जनाले रक्तदान गरेका छन् ।
‘रक्तदान गरेर हेर्नुस्, खुसी मिल्छ’ भन्ने नाराका साथ गरिएको कार्यक्रमको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोभिड–१९ सङ्क्रमितमा हुने रगत अभावको अवस्था अन्त्य गर्न कार्यक्रमले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख पराजुलीले बिहीबारसमेत गरेर आफूले ५४ पटक रक्तदान गरिसकेको जानकारी दिँदै प्लाज्मा तथा रक्तदातालाई प्रमाणपत्र पनि वितरण गर्नुभयो ।
विराटनगर निवासी रक्तदाता रवि शाहले रक्तदान गर्नु एकदमै राम्रो कर्म भएकाले हरेक स्वस्थ मानिसलाई रक्तदान गर्न सुझाव दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।