अरुण नदीमा ठूलो बाढी

 साउन ३०, २०७५ बुधबार ९:३५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अहिले अरुण नदीमा ठूलो बाढी आएको छ । त्यहाँ पानीको सतहले खतराको तह पार गरेको बाढी पुर्वानुमान शाखाले जनाएको छ । 

महाशाखाले बाढीको खतरा धेरै भएकाले अरुण नदी किनार आसपासका ६० हजार स्थानीयलाई एसएमएसमार्फत जानकारी दिएको छ । 

अरुण नदी सिम्लेमा पानीको सतह ११ दशमलव ४५ मिटर पुगको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अरुणमा पानीको सतह ११ मिटर पुगेपछि खतराको संकेत दिने गरिएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया