सरकारले ल्यायो विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका : व...
पुस २७, २०८१ शनिबार
भोजपुर - भोजपुरमा पहिलोपटक भुवादार जापानी तीतेपातीको व्यावसायिक खेतीको सुरुवात गरिएको छ ।
थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदूपयोग गर्ने लक्ष्यका साथ यसको खेती सुरुवात गरिएको हो ।
अरुण गाउँपालिका–४ चरम्बी र्याङका दुई युवा मिलेर तीतेपातीको व्यावसायिक खेतीकाे सुरु गरेका हुन् । छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडिबुटीका लागि बजार मागसमेत राम्रो भएकाले यो खेतीको सुरुवात गरेको उनीहरुले बताएका छन् । उनीहरुले सङ्खुवासभाबाट विरुवा ल्याएर झण्डै दुई रोपनी क्षेत्रफलमा तीतेपातीको खेती सुरु गरेका हुन् ।
अहिले दुई रोपनी क्षेत्रफलमा परीक्षणको रूपमा लगाएको र आर्थिक तथा प्राविधिक सहयोग भएमा थप ६० रोपनी क्षेत्रफलमा विस्तार गर्ने योजना रहेको किसान झिलबहादुर राईले बताउनुभयो । कच्चा पदार्थको रूपमा तीतेपातीको सुकेको पात तथा डाँठ प्रतिकेजी ५० रुपैयाँमा बिक्री हुने गरेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।