सरकारले ल्यायो विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका : व...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै - गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित अध्यागमन अधिकृत, सहसचिव र उपसचिव गरी १८ को सरुवा गरेको छ । शुक्रबार गृह मन्त्रीस्तरीय निर्णयअनुसार उहाँहरुलाई पदस्थापन, सरुवा तथा काज सरुवा गरिएको हो ।
मन्त्रालयले दिएको जानकारीअनुसार गृह मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुर, धनकुटाका प्रजिअ केशवप्रसाद विमलीलाई महोत्तरी, गृहका सहसचिव वासुदेव दाहाललाई धनकुटा, रामेछापका प्रजिअ रुद्रादेवी शर्मालाई गुल्मी, पाँचथरका प्रजिअ अर्जुनकुमार शर्मालाई रामेछापको प्रजिअमा र खोटाङका प्रजिअ शालिग्राम शर्मा पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट सचिवमा बढुवा भएर वाग्मती प्रदेश कार्यालयमा पठाइएकाले निरौलालाई ललितपुरमा सरुवा गरिएको हो । यस्तै महोत्तरीका प्रजिअ कृष्णबहादुर कटुवाललाई कारागार कार्यलय झुम्का, सुनसरी पठाइएको छ भने भोजपुरका प्रजिअ वसन्तराज पुरीलाई इलाका प्रशासन कार्यालय उदयपुरको कटारी पठाइएको छ ।
अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत कृष्णप्रसाद भण्डारीलाई भोजपुरको प्रजिअ, गृल्मीका प्रजिअ भरतकुमार शर्मालाई गृह मन्त्रालय र डोल्पाका प्रजिअ सुरेश सुनारलाई अध्यागमन कार्यालयमा सरुवा गरिएको छ । गृह मन्त्रालयका उपसचिव माधवप्रसाद ढकाललाई डोल्पा, मृगुका प्रजिअ कृष्णकुमार निरौलालाई सिरहा र गृह मन्त्रालयका उपसचिव मित्रलाल शर्मालाई खोटाङको प्रजिअमा सरुवा गरिएको छ ।
इलाका प्रशासन कार्यालय कटारीका उपसचिव चन्द्रबहादुर सिवाकोटीलाई मुगु, गृह मन्त्रालयका उपसचिव पुण्यप्रसाद ढकाल र जयराज भण्डारीलाई क्रमशः पाँचथर र तेह्रथुमको प्रजिअमा तथा तेह्रथुमका प्रजिअ विश्वराज न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।