बिहानको मौसम धुम्म : दिउँसो घाम लाग्ने
कात्तिक २३, २०८१ शुक्रबार
काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले एसियाडमा नेपाली टिमले राम्रो प्रदर्शन गरेमा पुरस्कारको घोषणा गरेका छन् ।
एसियाली खेलकुदमा सहभागी नेपाली यु–२३ टिमले उत्कृष्ट प्रदर्शन गरेको खण्डमा प्रत्येक खेलाडीलाई संघबाट पुरस्कार दिइनेछ । जसअनुसार जापानसँग ३–० भन्दा कम अन्तरमा हार व्यहोरेमा एक सय अमेरिकी डलर पाउनेछन् । जापानसँग १–० ले पराजित भएको नेपाली टिम त्यसको हकदार बनिसकेको छ ।
यस्तै अर्को खेलमा भियतनामलाई हराएमा थप १५० हलर हात पार्नेछन् भने पाकिस्तानलाई हराएमा थप एक सय डलर पुरस्कृत गरिने अध्यक्ष शेर्पाले जानकारी दिए ।
नेपाली खेलाडीको हौसला बृद्धि होस भन्ने आशयले यो घोषणा गरिएको अध्त्तयक्ष शेर्पाको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कोमल कुमार राई
Aug. 15, 2018, 7:22 p.m.अखिल नेपाल फुटबल संघ एन्फाको चाहाना नै खेलाडीहरुको सन्तुष्ट हो । जेहोस् राम्रो कामको थालनी गर्नुभएकोमा एन्फालाई धन्यवाद र हौसला र मनोबल उच्च राख्ने सम्मान कार्यहरु गर्नाले नेपाली टोलीले राम्रो भन्दा राम्रो प्रदर्शन गर्दै नेपालको लागि इतिहास कोर्ने छ र यस्तै कार्यले निरन्तरता पाइरह्यो भने नेपाली खेलाडी प्रत्येकले खेलमा निखार्दै लगेर एसिया पावर हाउस जापान जस्ता टिमलाई सहज रुपमा पराजित गर्नेछ शुभकामना ।
सरोज पाठक
Aug. 15, 2018, 2:40 p.m.एन्फाले गरेको यो निर्णयले खेलाडीहरुले पैसाको लागि मात्र फुटबल खेलिरहेका छन् भन्ने तर्फ इङ्गित गर्छ,पहिले पुर्वाधार पक्की बनाएर खेलाडी पक्की बनाउन सके न जितको पैसा न हारको पैसा दिनु पर्छ,पुरस्कार ले नै पुग्छ, । अनि उत्प्रेरणा को अर्को अर्थ पैसा हो ?