एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मा...
कात्तिक १६, २०८१ शुक्रबार
समय अनुसार भाइरसमा पनि परिवर्तन हुन्छ । बेलायतमा देखिएको नयाँ कोरोना भाइरसको डीएनए संरचनामा अलिकति परिवर्तन भएको छ । यो अहिलेको कोभिड १९ भन्दा थोरै फरक छ भन्ने कुरा अहिलेसम्मको अनुसन्धानले देखाएको छ । यो भाइरसमा थप देखिएको विषेशता भनेको छिट्टै फैलनु हो । अरु कुराहरु अनुसन्धानकै क्रममा छ ।
विश्वमा भएका कुनै पनि क्रियाकलापबाट नेपालमा असर पर्न सक्छ । अहिले एकै दिनमा विश्वको एक ठाउँबाट अर्को ठाउँमा पुग्न सकिन्छ । बेलायत लगायतका देशमा त झन् आउने, जाने क्रम चलिरहन्छ । यसकारण पनि नयाँ स्वरुपको कोरोना भाइरसको असर नेपालमा सिधै पर्न सक्छ ।
नेपालमा लकडाउन गर्नेबारे अहिलै सोचिएको छैन । तर बेलायतबाट आएका व्यक्तिहरुलाई एकदमै नजिकबाट नियाल्ने काम भइरहेको छ । बेलायतबाट आएकाहरुको सूची तयार पारेर उनीहरुलाई टेलिफोन गर्ने, सकेसम्म आइसोलेशनमा राख्ने लगायतका काम भइरहेको छ ।
आइसोलेशनमा बस्न नसक्नेहरुलाई घरमै सुरक्षित तरिकाले बस्न अनुरोध गर्ने र दैनिक टेलिफोन गरेर अपडेट गर्ने काम भइरहेको छ । त्यसबारे सरकारले काम थालिसकेको छ ।
बेलायतबाट आएका मानिसमा लक्षण देखिएको छ भने सरकारी निकायबाट तुरुन्त परीक्षण गरिन्छ । र नयाँ भाइरस, पुरानो भाइरससँग मिल्दोजुल्दो छ कि छैन भनेर हेरिन्छ ।
नयाँ भाइरसले धेरै कुरामा फरक पार्न सक्छ । कोरोना भाइरसविरुद्ध प्रयोग गर्ने भनेर अहिले निर्माण भइरहेका खोप नयाँ भाइरसमा प्रभावकारी हुन्छ कि हुँदैन भनेर अनुसन्धानकै क्रममा छ । तर बेलायतमा देखिएको नयाँ किसिमको भाइरसले भने हामीलाई पक्कै असर गर्छ ।
त्यसैले पनि तयारी थालिएको हो । नेपालमा कोरोना भाइरसको संक्रमण घट्दै गएको छ । त्यही भएर तत्काल लकडाउनको विषय सोचिएको छैन । तर पनि कोरोना नियन्त्रण भइसक्यो, जोखिम टरिसक्यो भन्ने अवस्था भने पक्कै छैन ।
अहिले अरु विभिन्न खालका परीक्षणहरु भइरहेका छन् । बेलायत, विश्व स्वास्थ्य संगठन लगायतले यसबारेमा अध्ययन गरिरहेका छन् । अहिले बनेको खोप नयाँ भाइरसविरुद्व प्रभावकारी हुन्छ कि हुँदैन भन्नेबारे पनि अध्ययन भइरहेको छ ।
नयाँ देखिएको कोरोना भाइरस पुरानो भाइरसभन्दा धेरै परिवर्तन भएको रहेछ भने काम नगर्न पनि सक्छ । सामान्य मात्रै परिवर्तन भएको भए काम गर्न सक्छ । त्यो चाहिँ अलि विस्तृतमा अनुसन्धान गरेपछि मात्रै थाहा हुने विषय हो ।
नयाँ किसिमको भाइरसबाट बच्न पनि कोरोना भाइरसबाट बच्नका लागि अपनाइने जस्तै उपायहरु अपनाउनुपर्छ । तर नयाँ किसिमको भाइरस छिट्टै फैलने भएकाले थप सतर्कता भने पक्कै अपनाउनुपर्छ । मास्क लगाउने, दूरी कायम गर्ने कुरालाई सधैँ ध्यान राख्नुपर्छ । भिडभाडमा जानु हुँदैन । खोपहरु आइसकेपछि अलि सजिलो होला ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डा. पाण्डे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख हुनुहुन्छ ।