सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
एसियन गेम्सको १८ औँ संस्करण शनिबारदेखि इन्डोनेसियाको जाकार्तामा सुरु हुँदैछ ।
जकार्ताको द गेलोरा बंग कार्लो रंगशालामा हुने उद्घाटन समारोहलाई भव्य बनाउन आयोजकले हजारौ कलाकारलाई मैदानमा उतार्ने भएको छ ।
जकार्ता शहरमा रहेकाे जिबिके रंगशाला एसियन गेम्समा सहभागिता जनाउने ४५ राष्ट्रका ११ हजार भन्दा बढी खेलाडीले मार्च पास गर्नेछन् ।
यो समारोह ७६ हजारभन्दा बढी दर्शकले प्रत्यक्ष रुपमा मज्जा लिन सक्नेछन् । झण्डै चार घण्टा लामो हुने यो समारोहका लागि मैदानमा एक सय २० मिटर लामो, ३० मिटर चौडा र २६ मिटर अग्लो स्टेज बनाइएको छ, जसको ब्याकग्राउण्डमा इण्डोनेसियालाई प्रतिबिम्बित गर्ने चित्रले सजाईएको छ ।
यो चित्रले इन्डोनेसियाको प्राकृतिक र भौगोलिक वातावरणको चित्रण गर्ने छ । विभिन्न ४५ वटा एसियाली देशहरुबाट आएका खेलाडी, प्रतिनिधिहरुलाई स्वागत गर्दै नेपाली समयअनुसार साँझको पौने ६ बजे उद्घाटन समारोह सुरु हुनेछ ।
समारोहलाई भव्य बनाउन १८ जना कलाकारले प्रस्तुति दिनेछन् भने चार हजार नर्तक-नर्तकीहरुले इन्डोनेसियाको कला संस्कृति झल्कने प्रस्तुति दिनेछन् । जसमा मुख्य आकर्षणका रुपमा रेइसा, टुलुस, पुत्री यू, अनगुन रहनेछन् ।
यस्तै इन्डोनेसियाको संगीतलाई विश्वमाझ देखाउन सयौं संगीतज्ञहरुले प्रस्तुति पनि दिनेछन् । उद्घाटनका लागि आयोजकले पूरै रंगशाला झकिझकाउ बनाएको छ भने हजारौ लाइट्सहरु फिट गरिएको छ । जसले रातिको समयमा यो स्टेडियमलाई अर्के रुप दिनेछ ।
स्टेजमा प्रस्तुति दिने कलाकार तथा डान्सर्सलाई डेनी मलिक, इको सुप्रियान्टोले एक महिनादेखि प्रशिक्षण दिएका छन् । उद्घाटन समारोहका लागि आयोजकले हरेक विधाका दख्खल ब्यक्तिहरुलाई छानेको छ ।
उद्घाटन समारोह ४५ मिनेट चल्नेछ । त्यसपछि हरेक देशका खेलाडीले मार्च पास गर्नेछन् । जसमा नेपालबाट दक्षिण एसियाली खेलकुद सागका स्वर्णपदकधारी खेलाडी कमलबहादुर अधिकारीले नेपालको झण्डा बोक्नेछन् ।
एसियन गेम्सकाे सुरक्षा व्यवस्थालाई मध्य नजर गर्दै पहिलो पटक २ शहर जाकर्ता र पालेङबङमा गर्न लागेको छ ।
उद्घाटन समारोह अगाडि हरेक देशका खेलाडी जाकार्ता पुगिसकेका छन् । साथै सो शहरमा सुरक्षा व्यवस्था निकै कडा गरिएको छ ।