१८ औँ एसियाली खेलकुदकाे उद्घाटन भव्य गर्ने तयारी

 भदौ १, २०७५ शुक्रबार १७:४२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

एसियन गेम्सको १८ औँ संस्करण शनिबारदेखि इन्डोनेसियाको जाकार्तामा सुरु हुँदैछ ।

जकार्ताको द गेलोरा बंग कार्लो रंगशालामा हुने उद्घाटन समारोहलाई भव्य बनाउन आयोजकले हजारौ कलाकारलाई मैदानमा उतार्ने भएको छ ।

जकार्ता शहरमा रहेकाे जिबिके रंगशाला एसियन गेम्समा सहभागिता जनाउने ४५ राष्ट्रका ११ हजार भन्दा बढी खेलाडीले मार्च पास गर्नेछन् ।

यो समारोह ७६ हजारभन्दा बढी दर्शकले प्रत्यक्ष रुपमा मज्जा लिन सक्नेछन् । झण्डै चार घण्टा लामो हुने यो समारोहका लागि मैदानमा एक सय २० मिटर लामो, ३० मिटर चौडा र २६ मिटर अग्लो स्टेज बनाइएको छ, जसको ब्याकग्राउण्डमा इण्डोनेसियालाई प्रतिबिम्बित गर्ने चित्रले सजाईएको छ ।

यो चित्रले इन्डोनेसियाको प्राकृतिक र भौगोलिक वातावरणको चित्रण गर्ने छ । विभिन्न ४५ वटा एसियाली देशहरुबाट आएका खेलाडी, प्रतिनिधिहरुलाई स्वागत गर्दै नेपाली समयअनुसार साँझको पौने ६ बजे उद्घाटन समारोह सुरु हुनेछ ।

समारोहलाई भव्य बनाउन १८ जना कलाकारले प्रस्तुति दिनेछन् भने चार हजार नर्तक-नर्तकीहरुले इन्डोनेसियाको कला संस्कृति झल्कने प्रस्तुति दिनेछन् । जसमा मुख्य आकर्षणका रुपमा रेइसा, टुलुस, पुत्री यू, अनगुन रहनेछन् ।

यस्तै इन्डोनेसियाको संगीतलाई विश्वमाझ देखाउन सयौं संगीतज्ञहरुले प्रस्तुति पनि दिनेछन् । उद्घाटनका लागि आयोजकले पूरै रंगशाला झकिझकाउ बनाएको छ भने हजारौ लाइट्सहरु फिट गरिएको छ । जसले रातिको समयमा यो स्टेडियमलाई अर्के रुप दिनेछ ।

स्टेजमा प्रस्तुति दिने कलाकार तथा डान्सर्सलाई डेनी मलिक, इको सुप्रियान्टोले एक महिनादेखि प्रशिक्षण दिएका छन् । उद्घाटन समारोहका लागि आयोजकले हरेक विधाका दख्खल ब्यक्तिहरुलाई छानेको छ ।

उद्घाटन समारोह ४५ मिनेट चल्नेछ । त्यसपछि हरेक देशका खेलाडीले मार्च पास गर्नेछन् । जसमा नेपालबाट दक्षिण एसियाली खेलकुद सागका स्वर्णपदकधारी खेलाडी कमलबहादुर अधिकारीले नेपालको झण्डा बोक्नेछन् ।

एसियन गेम्सकाे सुरक्षा व्यवस्थालाई मध्य नजर गर्दै पहिलो पटक २ शहर जाकर्ता र पालेङबङमा गर्न लागेको छ ।

उद्घाटन समारोह अगाडि हरेक देशका खेलाडी जाकार्ता पुगिसकेका छन् । साथै सो शहरमा सुरक्षा व्यवस्था निकै कडा गरिएको छ ।

अन्तिम अपडेट: कात्तिक २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया