अग्लिँदै धरहरा (फोटो फिचर)

 माघ १७, २०७७ शनिबार ११:३६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशमा केही पनि भएन भनेर धेरै निराश भइरहेको बेला काठमाण्डौको बनिरहेको धरहरा हेर्दा केही भइरहेको पनि छ भन्ने आशा जाग्छ ।

कोरोनाका कारण विकास निर्माणका अरु काम ठप्पजस्तै भए पनि धरहरा पुनर्निर्माणको काम रोकिएन । धेरैले सोचेभन्दा छिटो धरहरा अग्लिँदैछ । टुँडिखेल आसपासबाट मात्रै होइन, काठमाण्डौ उपत्यकाभित्रका अलि परको ठाउँबाट समेत धरहरा अग्लिँदै गरेको देख्न सकिन्छ ।

धरहरा नजिकै पुग्दा त माथिको उचाइ हेर्न टाउको निकै ठाडो पार्नुपर्ने भइसकेको छ । धरहरामा अहिले २१ तलाको काम भइरहेको छ । धरहरा जम्मा २२ तलाको हुनेछ । अब एकतला मात्रै थप्न बाँकी छ । त्यसपछि ‘फिनिसिङ’ काम हुनेछ ।

धरहराको तला बन्ने काम छिट्टै सकिए पनि अरु काम सक्न भने समय लाग्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

 

 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया