वीपीले 'कम्युनिस्टसँग सहयात्रा वा आन्दाेलन नगर्नू' भन्नुभएकाे छ : डा. शेखर काेइराला

 माघ १६, २०७७ शुक्रबार २०:३४:५७ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर देशलाई द्वन्द्वमा फसाउन खोजेको बताउनुभएको छ ।

सर्लाहीको हरिवनमा महिला सशक्तीकरण भूमिका विषयक प्रशिक्षण कार्यक्रमको शुक्रबार उद्घाटन गर्नुहुँदै नेता काेइरालाले प्रतिनिधि सभा पुनर्स्थापना र चुनाव दुवै कांग्रेसले स्वीकार गर्ने  बताउनुभयो । ओलीले प्रतिनिधि सभा विघटन गरेर देशलाई असंवैधानिक, अराजक, अधिनायकवादतर्फ लैजान खोजेकाले अहिले कांग्रेसले त्यसकाे विराेधमा सडकबाट आन्दोलन गरिरहेको उहाँकाे भनाइ छ । 

नेता कोइरालाले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गर्नुभएको छ, नेपाली कांग्रेस प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा छ , त्यसका लागि कांग्रेसले एकलौटीरूपमा सडकबाट आन्दोलन गर्छ, कांग्रेस कुनै पार्टीसँग मिलेर आन्दोलन गर्ने पक्षमा छैन, प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा सर्वाेच्च अदालतमा रहेकाले अहिले हामी निर्णयको प्रतिक्षामा छौँ, अदालतले चुनावकाे पक्षमा फैसला गरे त्यसलाई स्वीकार गर्दै वैशाख १७ र २७ गते हुने चुनावमा कांग्रेसको सहभागिता हुन्छ । 

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई आन्दोलन गर्न आवश्यक पर्‍याे भन्दैमा कांग्रेस पछि लागेर नजाने नेता काेइरालाकाे दाबी छ । वीपी कोइरालाले कम्युनिस्टहरूसँग सहयात्रा वा आन्दोलन नगर्नु भन्नुभएको स्मरण गराउनुहुँदै उहाँले प्रधानमन्त्री ओलीको 'असंवैधानिक कदम' को डटेर सामना गर्ने चेतावनी दिनुभयो ।

नेता कोइरालाले फरक प्रसङ्गमा भन्नुभयो, ‘नेपाली कांग्रेसभित्र व्यक्तिवादी चरित्र हावी हुँदै गएको छ, पार्टीभित्र स्वार्थी भावनाको विकास हुदै जाँदा जातीयवाद र साम्‍प्रदायि‍कता बढ्न थालेकाले पार्टीभित्र फेरि सहकार्य, सहमति र एकताको आवश्यकता रहेको छ ।’

कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय नेता तथा जिल्लाका अगुवा नेताहरूले सम्बाेधन गरेका थिए । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया