जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – जिल्ला प्रशासन कार्यालय दाङले आजबाट शनिबार पनि सेवा प्रदान गरिरहेको छ ।
सेवाग्राहीको सहजताका लागि शनिबार पनि कार्यालयबाट प्रदान गरिएको र सबै सेवा दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रवहादर श्रेष्ठले बताउनुभयो ।
जागिरेहरुलाई बिदाको दिन सेवा लिन सहज हुने तथा शुक्रबार काम नसकिएका हरुलाई शनिबार त्यत्तिकै सदरमुकाम बस्नु पर्ने बाध्यताको अन्त्यका लागि शनिबार दिउँसो दुई बजेसम्म सेवा प्रदान गर्ने निर्णय गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयले जिल्लाका स्थानीय तहसँग पनि जनतालाई सहज सेवा दिने सम्बन्धमा समन्वय गरेरै निर्णय गरिएको जनाएको छ । दाङको जिल्ला प्रशासन कार्यालयले गएको वर्षको दसैँको बिदामा पनि सेवा प्रदान गरेको थियो ।
शनिबार पनि प्रशासन कार्यालय खुल्ने भएपछि स्थानीय तहबाट शुक्रबार सिफारिस लिएकाहरुलाई शनिबार बिदाको दिन सेवा लिन सहज भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।