सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जको नियमित गस्तीमा गएको डुंगा बबई नदीमा पल्टिँदा एकजना निकुञ्जका गेम स्काउट कर्मचारी बेपत्ता भएका छन् ।
बबई नदीको मुलघाट चेपाङ्ग नजिक गस्तिमा हिँडेको रबरबोट पल्टिँदा निकुञ्जका गेमस्काउट भोला यादव बेपत्ता भएको बर्दिया निकुञ्जका निमित्त संरक्षण प्रमुख अशोक भण्डारीले जानकारी दिनुभयो ।
नियमित गस्तीमा गएको रबरबोट नदीमा पल्टिएपछि गेमस्काउट कर्मचारी यादव बेपत्ता भएको र अरु ६ जना भने पौडी खेलेर सकुशल नदी बाहिर निस्किएका छन् ।
बेपत्ता यादवको खोजीका लागि गोताखोरसहित प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताउनुभयो ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।