पीएम रोजगार कार्यक्रम : बैतडीमा चार हजारले पाए रोजगारी

 माघ २९, २०७७ बिहिबार १४:३४:१४ | रासस
unn.prixa.net

बैतडी – प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरी चार हजार दुई सय ८१ जनाले रोजगारी पाएका हुन् ।

स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरु छनोट भएका हुन् । छनोट भएका उनीहरुले एक सय दिनको रोजगारी पाउने जनाइएको छ । बैतडीमा रहेका स्थानीय तहमध्ये सुर्नया गाउँपालिकामा सबैभन्दा बढी आठ सय ३३ ले रोजगारी पाउने भएका छन् । गाउँपालिकामा चार हजार दुई सयले आवेदन दिएकोमा उक्त सङ्ख्यामा छनोट भएका रोजगार संयोजक सुरेन्द्र धामीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उक्त कार्यक्रमका लागि चार करोड ३३ लाख रुपैयाँ निकासा भएको छ ।”

जिल्लाको पुर्चौंडी नगरपालिकामा ४ सय ५४ जना प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनोट भएका छन् भने पाटन नगरपालिकामा ७ सय ६२ जना छनोट भएका छन् । पाटनमा सात हजार आवेदन परेको थियो । पाटनमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन करोड ९६ लाख रुपैयाँ बजेट निकासा भएको छ ।

यस्तै मेलौली नगरपालिकामा आवेदन दिएका एक हजार २४ मध्ये दुई सय ७१ जना छनोट भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत मेलौलीमा एक करोड ४४ लाख रुपैयाँ निकासा भएको छ । यस्तै दशरथचन्द नगरपालिकामा एक हजार ६ सय ८२ जनाले आवेदन दिएकामा चार सयले रोजगारी पाउने भएका छन् । दशरथचन्द नगरपालिकामा सो कार्यक्रमका लागि दुई करोड रुपैयाँ बजेट निकासा भएको छ ।

डिलाशैनी गाउँपालिकामा तीन सय ३४ ले रोजगारी पाउने भएका छन् । यसका लागि एक करोड ७२ लाख ६८ हजार रुपैयाँ निकासा भएको छ । यस्तै एक करोड ३९ लाख ५७ हजार रुपैयाँको निकासा भएको दोगडाकेदार गाउँपालिकामा दुई सय ७० जनाले रोजगारी पाउने भएका छन् । पञ्चेश्वर गाउँपालिकामा पाँच सय ३८ जना प्रधानमन्त्री रोजागार कार्यक्रमअन्तर्गत छनोट भएका छन् । सिगास गाउँपालिकामा चार सय ५१ ले रोजगारी पाउने छन् । यहाँ दुई करोड १५ लाख ८६ हजार रुपैयाँ निकासा भएको छ । शिवनाथ गाउँपालिकामा चार सय २३ जनाले रोजगारी पाउने छन् भने दुई करोड १८ लाख रुपैयाँबजेट निकासा भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत केही पालिकाले काम शुरु गरिसकेका छन् भने केही पालिकाले योजना छनोट गरिरहेको जनाइएको छ । कोरोना भाइरसका कारण रोजगार गुमाएर जीविकोपार्जनमा समस्या भएका नागरिकलाई छनोट गरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी दिइएको स्थानीय तहहरुले जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया