संविधान, लोकतन्त्र र सङ्घीयतामाथिकाे प्रहार अब धेरै दिन टिक्दैन : प्रचण्ड

 फागुन ६, २०७७ बिहिबार १९:१७:४१ | रामबाबु खड्का
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इञ्चार्ज डाचाराज वाग्लेको श्रद्धाञ्जली सभालाई सम्बाेधन गर्नु हुँदै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, लोकतन्त्र र सङ्घीयतामाथि प्रहार गरेकाले यस्तो कदम अब धेरै दिन नटिक्ने बताउनुभयो । 

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्रको मूल मर्ममाथि नै प्रहार हुने गरी प्रतिमगनकारी कदम चालेका छन् । ओलीको  प्रतिक्रान्तिकारी, असंवैधानिक, अलोकतान्त्रिक कदमविरुद्ध फेरि एक पटक  सबैले सामूहिक सङ्घर्ष गर्न पर्ने दिन आएको छ ।  प्रतिगमनविरुद्धको आन्दोलमा लागिरहेकै बेला कमरेड डाजाराज वाग्लेको मृत्यु भएकाले प्रतिगमनकारीको परास्त भएपछि मात्र उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले मधेश केन्द्रित दलहरूलाई संयुक्त आन्दोलनका लागि अपिल गर्दै आफू पनि अपूरो संविधान परिमार्जनकै पक्षमा रहेको उल्लेख गर्नुभयो ।

यस्तै प्रचण्ड–माधव  समूहका अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिगमनविरुद्धको आन्दोलन बाँकी नै रहेकाले यसमा सबैलाई एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया