बेलायती राजकुमार ह्यारी दम्पतीको मान पदवी खारेज

 फागुन ८, २०७७ शनिबार ६:४०:४७ | रासस
unn.prixa.net

काठमाण्डाै - बेलायती राजकुमार ह्यारी दम्पतीको मान पदवी खारेज भएको छ ।

बेलायतका महारानी एलिजावेथ द्वितीय राजकीय सदस्यबाट हटाउँदै राजकुमार ह्यारी र उहाँकी श्रीमती मेघन मर्केलको मान पदवी खारेज भएको घोषणा गर्नुभएको छ ।

बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उहाँहरुको मान पदवी खारेज भएको घोषणा गरेको हो ।

मान पदवी खारेज भएको घोषणासँगै यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहनुभएकी राजकुमार ह्यारीकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्विकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो ।

केही महिना अगाडि उहाँहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरे पनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो । महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पतीसँग बेलायती राजपरिवारको अब राजनीतिक तथा सार्वजनिक सम्बन्ध नरहेको उल्लेख गर्नुभएको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राजपरिवारको सदस्यका रूपमा उहाँहरूको अब कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ । हलिउड अभिनेत्री मेघनसँगको प्रेम सम्बन्धलाई ह्यारीले वैवाहिक जीवनमा परिणत गर्नु भएको हो । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया