३०३ औँ पृथ्वीजयन्ती मनाइँदै
पुस २७, २०८१ शनिबार
झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार कमल गाउँपालिका २ काे कमल खोलाको पक्की पुलको उद्घाटन गर्नुभएको छ । गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने यस पुलको लम्बाइ एक सय ७० मिटर र चौडाइ ११ मिटर छ ।
सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको यस पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाण्डाैले १६ करोड ६२ लाख ६४ हजार नाै सय ७५ रुपैयाँमा लिएको थियो । विसं २०७२ माघ ६ गते ठेक्का सम्झौता भएको यस पुलकाे अहिले निर्माण सम्पन्न भएको हो ।
झापाका चार पुलको उद्घाटनपछि प्रधानमन्त्री ओलीले चीन नेपालमैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आइतवार नै मदन भण्डारी लोकमार्गका निर्माण हुने ३१ पुलको एकैचोटि शिलान्यास गर्ने कार्यक्रम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।