अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च
कात्तिक २३, २०८१ शुक्रबार
काठमाडाैं - नेपाल बंगलादेश बैंकले क्रिकेटरद्वय बसन्त रेग्मी र शरद भेषावकरलाई प्रायोजन गरेको छ ।
नेपाली क्रिकेटमा उल्लेखनीय योगदान गर्दै आएका दुई अनुभवी क्रिकेटरलाई बैंकले अाइतबार एक कार्यक्रममा दुई वर्षका लागि ब्राण्ड एम्बेस्डर नियुक्त गरेको हो ।
मिस्टर फिनिसरको उपनाम पाएका शरद भेषावकर नेपाली क्रिकेटका भरपर्दा ब्याट्सम्यान हुन् भने स्पिनर बसन्त रेग्मी नेपालका सर्वाधिक विकेट लिने बलर हुन् ।
एभरेष्ट प्रिमियर लिगको आयोजक र्इपीएलको पहलमा उक्त सम्झौता भएको हो ।
नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले दुई खेलाडीलाई सद्भावना दूतमा नियुक्त गर्दा बैंक गौरवान्वित भएको प्रतिक्रिया दिए ।
‘नेपाली क्रिकेट टिमका दुई भरपर्दा खेलाडी शरद भेषावकर र बसन्त रेग्मीलाई हाम्रो ब्राण्ड एम्बासडर नियुक्त गर्न पाउँदा नेपाल बंगलादेश बैंक गौरवान्वित छ । यो साझेदारीबाट नेपाली क्रिकेटको विकासमा योगदान दिने बैंकको अभियानको सुरुवात भएको हो ।’
ब्राण्ड एम्बासडर नियुक्त भएपछि बसन्त रेग्मीले बैंकसँगको केही बैठकले नै आफुलाई सहयोग गरेकोमा बैंकप्रति आभार ब्यक्त गरे ।ट शरणले क्रिकेरका रुपमा कुनै ब्यापारिक प्रतिष्ठानसँग सहकार्य गर्न चाहेको अवस्थामा यो सम्झौताले नेपाली खेलकुदमा अझ ठूलो योगदान दिने हौसला बढेको प्रतिक्रिया दिए ।
ब्ततबअजmभलतक बचभब
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।