सीतापाइला–धार्के सडक आजदेखि १५ दिनको लागि बन्द हुने
कात्तिक २३, २०८१ शुक्रबार
इङ्ल्याण्डविरुद्धको तेस्रो टेस्टमा भारतले बलियो पकड बनाएको छ । दोस्रो दिनको खेल सकिँदा भारतले दोस्रो पारिमा १२४ रन जोड्दा २ विकेट गुमाएको छ । ३२९ रनमा अल आउट भएपछि बलिङमा आएको भारतले इङल्याण्डलाई जम्मा ३८.२ ओभर खेल्न दिएर १६१ रनमा समेटेको थियो ।
त्यसपछि १६८ रनको अग्रता लिएको भारतले दोस्रो दिनको खेल सकिँदासम्म २९२ रनको अग्रता बनाएको छ । भारतका चेतेश्वर पुजार ३३ तथा कप्तान विराट कोहली ८ रन बनाएर क्रिजमा छन् । उनीहरुले नै सोमबार तेस्रो दिनको खेल अघि बढाउने छन् । शिखर धवन ४४ तथा लाेकेश राहुल ३६ रनमा आउट भएका थिए ।
भारतले इङ्ल्याण्डविरुद्ध पहिलो पारीमा कसिलो बलिङ गरेको थियो ।
भारतकालागि हार्दिक पाण्ड्याले सर्वाधिक ५ विकेट लिएपछि इङ्ल्याण्डको पारी धरमराएको थियो । इशान्त शर्मा र जसप्रित बुमराहले दुई दुई विकेट लिँदा अर्को एक विकेट मोहमद शामीको नाममा रह्यो ।
इङ्ल्याण्डले पहिलो पारीमा जोस बट्लरले सर्वाधिक ३९ रन जोड्दा एलेस्टर कुकले २९ रन बनाएका थिए ।
पहिलो पारीमा भारतका लागि कप्तान विराट कोहलीले उत्कृट पारी खेल्दै ९७ रन बनाएका थिए । यसैगरी अजिंक्या रहानेले ८१ रन जोडेपछि भारतले सम्मानजनक स्कोर बनाएको हो ।
इङ्ल्याण्डका जेम्स एन्डरसन, स्टुवार्ड बोर्ड र क्रिस वेक्सले तीन तीन विकेट लिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।