सर्लाहीकाे हरिपुर नगरपालिकाका '२० वर्ष पारि बिहाबारी' कार्यक्रम सुरु, नगदसहित सम्मान गरिने

 फागुन २५, २०७७ मंगलबार १५:४५:११ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीकाे हरिपुर नगरपालिकाले २० वर्ष पारि बिहाबारी भन्ने कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले २० वर्ष पूरा गरेका अविवाहित युवतीहरूलाई विश्व नारी दिवसका दिन सोमबारदेखि पाँच हजार रुपैयाँ नगद प्रोत्साहन स्वरूप दिन सुरु गरेको हो । 

पहिलो दिन २१ युवतीबाट सुरु गरिएकोमा यो कार्यक्रम नगरभित्रका दुई सय ८० युवतीलाई नगदसहित सम्मान गरिने नगरपालिकाका मेयर जमिरुदिन मन्सुरले जानकारी दिनुभयो । सानै उमेरमा हुने बालविवाह अन्त्य गर्न र नगरभित्रको शैक्षिक अवस्थामा सुधार ल्याउन कार्यक्रम सुरु गरिएको मेयर मन्सुरको भनाइ छ । 

सानै उमेरमा विवाह हुँदा पढाइ छुट्नेदेखि स्वास्थ्यमा समेत गम्भीर असर पर्ने भएकाले नगरपालिकाले अर्थिक वर्ष २०७७/०८८ को नीति तथा कार्यक्रमबाटै २० वर्ष पारि बिहाबारी भन्ने कार्यक्रम सुरु गरेकाले यो कार्यक्रमलाई आउँदाे योजनामा समेत लागू गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाले जानकारी दिनुभयो । 

तराईका जिल्लामा २० वर्ष नपुगी विवाह गर्ने र बीचमा पढाइ छोड्ने युवतीका लागि यो कार्यक्रम निकै प्रभावकारी हुने र बालविवाहमा समेत कमी आउने कार्यक्रममा सहभागी पूजा साहको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया