शिक्षा शाखा प्रमुखमाथि कार्यकक्षमै कुटपिट भएकाे विराेधमा काम ठप्प पारेर कर्मचारी धर्नामा

 फागुन २६, २०७७ बुधबार १५:४४:४४ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको बरहथवा नगरपालिकाको शिक्षा शाखा प्रमुख भुपनारायण राय यादवमाथि कुटपिट भएको विरोधमा कर्मचारीले कार्यालयको काम ठप्प पारेर धर्नामा बसेका छन् । यादवलाई वडा नम्बर १७  का वडाध्यक्ष  रामविश्वास रायले मङ्गलवार बेलुका कार्यकक्षमै कुटपिट गर्नुभएको थियो ।

शिक्षकको तलब दिने विषयमा विवाद हुँदा कुटपिट भएको बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले जानकारी दिनुभयो । धर्नाका क्रममा पनि कर्मचारी र वडाध्यक्ष पक्ष समूहबीच झडप हुँदा वडाध्यक्षसहित दुवै पक्षका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अन्य नगरपालिकाबाट काज सरुवा भइ बरहथवा नगरपालिका १० को  कटानीमा रहेको दुर्गा सरस्वती जनता माविका शिक्षक फेकुकुमार रायलगायत राहत कोटाका शिक्षकलाई तलब भत्ता नदिएको भन्दै वडाध्यक्ष रायले नगरपालिकाको शिक्षा शाखा प्रमुखमाथि कुटपिट गर्नुभएको हो । 

‘कार्यालय समयमा कर्मचारीमाथि आक्रमण हुनु गम्भीर कुरा हो, यही अवस्था रहे काम गर्न सकिँदैन, यसअघि पनि प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भएको हो । त्यसबेला कारबाही नगरेका कारण उनको मनोबल बढ्दै गएको छ । हामी कर्मचारी कसैको कुटाइ र धम्की खान यहाँ आएका होइनौँ, दोषीलाई कानुनी कारबाही नभएसम्म कर्मचारीको धर्ना जारी हुन्छ, कुनै बहानामा दोषीलाई उन्मुक्ति दिए नगरपालिकाभित्रको सबै सेवा बन्द हुन्छ । आज नगरपालिका बन्द भयो, यही अवस्था रहे भोलिदेखि शिक्षा, स्वास्थ्यलगायतका सबै वडामा रहेका कार्यालयको काम बन्द हुन्छ’, स्वास्थ्य शाखाका प्रमुख सत्यनारायण यादवले भन्नुभयो ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

1 Comments

  • बीरबंश बैठा

    March 10, 2021, 7:20 p.m.

    देशमा कानुनको अवस्थाबारे सबैलाई थाहा नै छ।तर पनि कानुनको मर्यादा लाई पालन गर्नुस् ।कानुनले साथ नदिएमा गल्ती गर्नेलाइ सक्नु हुन्छ भनेगोरु चुटाइ गर्नुस नत सहेर बस्नुस।

  •  0 Reply

तपाईको प्रतिक्रिया