पहाडी भेगका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा : दिउँसो रोकिने, भोलि र पर्सि फेरि पर्ने

 बैशाख २८, २०८१ शुक्रबार ६:१३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका केही पहाडी भेगमा बिहानैदेखि हल्का पानी परेको छ । आज लगातारजसो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार दिउँसोपख पानी पर्ने क्रम रोकिनेछ । आज दिउँसो कतैकतै केहीबेर मात्रै फाट्फुट्ट पानी पर्ने सम्भावना छ ।

भोलि र पर्सि भने आजको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद अर्यालले जानकारी दिनुभयो । पानी पार्ने प्रणाली पश्चिमतिर सर्दै गएकाले भोलि र पर्सि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै पानी पर्न सक्ने मौसमविद्को अनुमान छ ।

हिजो कोशी प्रदेशमा धेरै पानी परेको थियो । विराटनगरमा ९१ दशमलव ५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव छ ।

गएको आइतवार पूर्वी भेगदेखि शुरु भएको वर्षाले देशभर लागेको डढेलो निभाएको छ । गर्मी पनि घटाएको छ भने लामो समयपछि वर्षा हुँदा खेतीबालीमा राहत पुगेको छ । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया