सुन तस्करीका अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण

 जेठ १७, २०७५ बिहिबार १२:३४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १७ – ३३ किलो सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका प्रहरी बरिष्ठ उपरीक्षक श्याम खत्रीले अदालतमा आत्मसमर्पण गरेका छन् । एसएसपी खत्री विहीबार जिल्ला अदालत मोरङमा आफैँ उपस्थित भएका हुन् । 

अहिले उनको बयान लिने क्रम सुरु भएको छ । सुन काण्डका मुख्य अभियुक्त चुडामणी उप्रेतीले एसएपी खत्री सुन तस्करीका मुख्य सहयोगी भएको र उनले नै पैसा लिएर आफूहरुले विदेशबाट ल्याउने सुन विमानस्थल बाहिर पठाउन सहयोग गर्ने गरेको बयान दिएका थिए । विमानस्थलमा कार्यरत एसएसपी सुन तस्करी प्रकरण बाहिरिएसँगै फरार थिए ।

प्रहरीको अन्तराष्ट्रिय सञ्जाल इण्टरपोलले खत्रीविरुद्ध डिफ्युज नोटिस जारी गरेको थियो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया