वडाध्यक्षले बनाए झरना

 भदौ ४, २०७५ सोमबार १५:५७:४४ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – तेह्रथुमको आठराई गाउँपालिका–२, का वडाध्यक्षले आफ्नो भत्ता र सेवा सुविधाको रकमबाट मयायक कृत्रिम झरना निर्माण गर्नुभएको छ ।

वडाध्यक्ष दीलकुमार पाहिमले आफूले पाउने सेवा सुविधा र तलब भत्ताको रकमबाट लगानी गरी मयायक कृत्रिम झरनाको निर्माण गर्नुभएको हो । स्थानीयवासीले १५ वर्ष अघिदेखि झरना निर्माण गर्न चाहना राखे पनि बजेट अभावले झरनाको निर्माण हुन नसकेको तर त्यो काम वडाध्यक्ष पाहिमले आफ्नै तलब भत्ताको रकम लगानी गरी पूरा गरी दिनुभएको छ ।

मयायक भीरबाट नजिकै रहेको साफेवा खोलाको पानी प्रयोग गरेर अहिले मयायक झरना बनाइएको छ । वडाध्यक्षले आफ्नै तलब भत्तालाई प्रयोग गरेर झरना निर्माण गरेपछि यो चर्चाको विषय समेत बनेको छ । 

झरनाको सम्भावना भएको त्यस स्थानमा यसअघि गाउँका अगुवा स्वर्गीय गजेन्द्र चोङबाङले झरना निर्माण गर्न चाहे पनि श्रोतको अभावमा पानी ल्याउन सकिएको थिएन । झरना निर्माणले यो क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने वडाध्यक्ष पाहिमले बताउनुभयो । 

खाम्लालुङको हाङपाङ–बाझोगरा सडक खण्डले छोएको यो झरना म्याङलुङबाट ५२ किलो मिटर र पाँचथरको फिदिमबाट ४३ किलो मिटरको दूरीमा रहेको छ । यहाँका स्थानीयवासीहरु समेत पर्यटन व्यवसायमा लाग्न उत्साहित छन् । यहाँका धार्मिक तथा पर्यटकीय महत्वका क्षेत्रहरुको विकासका लागि स्थानीयवासी स्वयम्ले समेत पहल गरिरहेका छन् । 

गाउँमा रहेका धार्मिक तथा पर्यटकीय सम्भावना रहेका क्षेत्रहरुको प्रचार प्रसार र पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न पहल थालिएको स्थानीयवासी सिर्जना लामा फोम्बोले बताउनुभयो ।

ओझेलमा परेका स्थानहरुको प्रचार प्रसारका लागि स्थानीयवासीले गाउँपालिकासँगसमेत माग गरेका छन् । गाउँपालिकामा रहेका झण्डै एक दर्जन सम्भावित ठाउँहरुको प्रचार प्रसार गरी गाउँमै होम–स्टे सन्चालन गर्ने र पर्यटक भित्र्याउने लक्ष्य राखिएको स्थानीयले बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया