केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याउने सरकारको ...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै - म्यानमारमा सुरक्षाकर्मीको तर्फबाट कम्तीमा ५१ जना बालबालिकाको ज्यान गएको विवरण सार्वजनिक भएको छ ।
आन्दोलनका क्रममा सुरक्षाकर्मीको तर्फबाट भएको हिंसामा परि उनीहरुको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको हो ।
आन्दोलनकारीका विरुद्ध सुरक्षाकर्मीले गरेको आक्रमणका क्रममा उनीहरूको ज्यान गएको राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजार्रिकले भन्नुभयो ।
गएको फेब्रुअरी १ देखि अहिलेसम्म म्यानमारमा आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट मारिएकामध्ये कम्तीमा ५१ जना बालबालिका रहेका उहाँको भनाइ छ । आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकालाई सुरक्षाकर्मीले पक्राउ गरेको पनि उहाँले जानकारी दिनुभयो ।
हिंसा रोक्न र शान्तिको बाटो रोज्न राष्ट्रसङ्घले पटक पटक आग्रह गरे पनि हिंसात्मक घटनाहरू भइरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि चुनाव गराउने बहानामा म्यानमारको सत्ता हातमा लिएको छ ।
तत्कालीन नयाँ संसदको पहिलो बैठक बस्ने तय भएकै दिन फेब्रुअरी १ तारिखमा सेनाले शीर्ष नेताहरूलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो । आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म ७०७ जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।