भतिजी बलात्कार गर्न खोज्ने पक्राउ

 भदौ ६, २०७५ बुधबार २०:१८:५८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – आफ्नो भतिजी नाता पर्ने एक १४ वर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने सिद्धलेक गाउँपालिका–५ कुम्पुरका १८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । 
उनले बालिकाको आमा बच्चा बिरामी भएर उपचारका लागि गएको र बुबा विदेश गएकोले घरमा एक्लै भएको मौका पारी मंगलबार दिउँसो बलात्कारको प्रयास गरेका थिए । 

बलात्कारको प्रयास गर्दा मारिदिने धम्की दिएपछि पीडितले प्रतिकार गर्ने र आरोपीले बलात्कार गर्न खोज्दा पीडित बालिका घाइते भएको जनाइएको छ । घाइते बालिकालाई गाउँबासीले उद्धार गरी जिल्ला अस्पताल पुर्याएका थिए ।

पीडित बालिकाको जिल्ला अस्पताल र धादिङ सामुदायिक आँखा अस्पतालमा उपचार भएको छ । 

आरोपीले जबरजस्ती गर्न खोज्दा बालिकाको दुवै आँखामा रगत जमेको छ भने घाँटीमा निलडाम हुनेगरि घाउ भएको छ । 

घटनापछि पीडित पक्षले बुधबार जाहेरी दर्ता गराएको छ भने आरोपीलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।  

आरोपी पीडितको काका पर्ने भएकोले करणी उद्योग र हाडनाता करणी उद्योगमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया