सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
कास्की – गण्डकी प्रदेश सभाको विशेष अधिवेशनअन्तर्गत मङ्गलवार (आज) स्थगित बैठक प्रदेश सभा सदस्यको पीसीआर परीक्षण गरेपछि बस्ने सहमति भएको छ ।
सत्ता पक्षीय नेकपा एमालेका प्रदेश सभा सदस्यबाट कोरोना महामारी बढेको अवस्थामा सदस्यको पीसीआर परीक्षण हुनुपर्ने मागसहित आजको बैठकमा अवराेध गरेपछि कार्यव्यवस्था परामर्श समितिको बसेको बैठकले परीक्षण गरेर मात्र सभा बस्ने सहमति जुटेको हो । सबै सदस्यको पीसीआर परीक्षण गर्ने भन्दै बुधवार (भोलि) १ बजेसम्मका लागि बैठक स्थगित गरेको छ ।
बैठकमा कोरोना सङ्क्रमण पुष्टि भएका सदस्यले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको छलफलमा सहभागी हुन नपाउने तर मतदान प्रक्रियामा सहभागी हुन पाउनेमा पनि सहमति जुटेको बताइएको छ । सहमतिअनुसार आजै प्रदेश सभा सदस्यको पीसीआर परीक्षण भएको र भोलि १० बजेसम्म त्यसको नतिजा आएपछि १ बजे बैठक बस्ने प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।