सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा डल्लुका सुरेश बोगटी कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा लगाउनका लागि बिहान ६ बजे पुग्नुभयो । उहाँ पुग्दा टोकन लिनेको भिड थियो । बिहान ७ बजेदेखि बाँडिएको टोकन केहीबेरमा नै सकियो । बिहान साढे ७ बजे कुपन लिनुभएका उहाँको पालो ११ बजे मात्र आएको थियो । ‘म पुगेको एक घण्टापछि खोपका लागि टोकन बाँड्न सुरु गरिएको थियो’, उहाँले भन्नुभयो, ‘मैले त्यही लाइनमा बसेर टोकन लिएँ । मेरो टोकन नं ५२१ थियो, बिहान ११ बजेतिर खोप लगाउन पालो आयो ।’
प्रसूति अस्पतालमा टोकनअनुसार पालो आएकालाई प्रहरीले खोप लगाउनका लागि पठाउने गरेको छ । बोगटीजस्ता मानिसहरू खोप लगाउनका लागि अहिले बिहानै काठमाण्डौ उपत्यकाका ११ खोप केन्द्रमा जाने गरेका छन् । खोप लगाउनका लागि बिहान गए मात्र पालो पाइने भएकाले मानिस सबेरै उठेर जाने गर्छन् । अहिले निजामती कर्मचारी अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल, भक्तपुर अस्पताललगायत अस्पतालमा कोभिड–१९ विरुद्धको खोप लगाउनेकाे भिड छ । सरकारले १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका सबैलाई खोप लगाउन थालेपछि अहिले भिड भएको हो ।
यस्तै प्रसूतिमै बिहान ७ बजे खोप लगाउन आउनुभएका ललितपुर च्यासलका दीपेश शाक्यको पालो साढे ११ बजे मात्र आयो । बिहान टोकन लिएर उहाँ १० बजेमात्र खोप लगाउन आउनुभयो ।
प्रसूति अस्पतालले खोप लगाउन आउने व्यक्तिको भिड भएपछि मङ्गलबारदेखि टोकन प्रणाली सुरु गरेको हो । बिहान एक घण्टा टोकन बाँड्ने गरिन्छ । टोकन लिनेले आफ्नो पालोअनुसार गएर खोप लगाउने गर्छन् ।
सरकारले यही वैशाख १२ गतेदेखि कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ लगाउन सुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काका अनुसार अहिलेसम्म एक लाख ४१ हजारले खोप लगाइसकेका छन् ।
सङ्क्रमण बढ्न थालेपछि अहिले कोभिड–१९ विरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ लगाउनेको पनि भिड देखिएको छ । ‘खोप लगाएपछि कतै पनि असर नहुने भएपछि खोप लगाउने मानिसमा उत्साह भएको छ’, उहाँले भन्नुभयो, ‘बिहानैदेखि मानिस खोप लगाउनका लागि खोप केन्द्र आउने गर्दछन् ।’
उहाँले खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म लाम लागेका सबैलाई लगाउन भनिएको जानकारी दिनुभयो । चीन सरकारले अनुदानमा उपलब्ध गराएको ‘भेरोसेल’ आठ लाख मात्रामध्ये चार लाख मात्रा पहिलो चरणमा दिइने छ । यसअघि पहिलो मात्रा एक लाख २३ हजारलाई प्रदान गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।