सुदूरपश्चिम : कोरोनाका कारण ८ दिनमा ४३ जनाको ज्यान गयाे

 बैशाख १८, २०७८ शनिबार १९:१६:३४ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिममा कोरोनाका कारण आठ दिनमा ४३ जनाको ज्यान गएको छ । गएकाे शनिबारदेखि यो शनिबारसम्म गरी आठ दिनको अवधिमा ४३ जनाले ज्यान गुमाएका हुन् ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार ज्यान गुमाउनेमा सबैभन्दा बढी कैलाली र कञ्चनपुरका रहेका छन् । ज्यान गएका धेरैजसोमा कडा खालको निमोनिया रहेको पाइएको स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

निर्देशनालयका अनुसार कैलाली र कञ्चनपुरमा ८ दिनको अवधिमा १८/१८ जनाको ज्यान गएको छ । डडेल्धुरा र अछामका २/२ जनाकाे ज्यान गएकाे छ भने बैतडी, बझाङ र दार्चुलाका १/१ जना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट ८४ जनाको ज्यान गइसकेकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । 

पछिल्लाे समय सुदूरपश्चिममा संक्रमितकाे संख्या बढ्दै गएकाे छ । गएकाे २४ घण्टामा मात्र सुदूरपश्चिममा १० जना कोरोना संक्रमितको ज्यान गइसकेकाे छ । कैलाली, कञ्चनपुर र डडेल्धुराका गरी १० जना संक्रमितले ज्यान गुमाएका हुन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार कञ्चनपुरका पाँच, कैलालीका चार र डडेल्धुरामा एक संक्रमितको ज्यान गएको हाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया