सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
बाँके - नेपालगञ्जमा रहेको भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको अभाव भएपछि जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट डाक्टरसतिहको टोली सहयोगका लागि नेपालगञ्ज जाँदै छ ।
प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डाक्टर प्रवीण गिरी नेतृत्वको डाक्टर तथा स्वास्थ्यकर्मीको टोली नेपालगञ्ज जान लागेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका छ डाक्टर र स्वास्थ्यकर्मीको टिम भेरी अस्पतालमा खटाइन लागिएको हो ।
'सघन उपचारका लागि चिकित्सकको अभाव रहेको जानकारी भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले गराउनुभएको थियो', प्रतिष्ठानका निमित्त निर्देशक डा. राजिव शाहले भन्नुभयो, 'त्यहीअनुसार सघन उपचार विभागकै इञ्चार्ज गिरीको नेतृत्वमा टोली पठाउने निर्णय गरिएको हो ।'
प्रमुख गिरीसहित डाक्टर अरुण श्रेष्ठ, डाक्टर हरि न्यौपाने, नर्सहरु सुष्मिता खड्का, तेन्जिङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा भेरी अस्पतालमा जान लाग्नुभएको हो । मौसमले साथ दिए आजै नेपालगञ्ज जाने तयारी गरिएको छ । 'झण्डै १० देखि १४ दिनसम्म भेरीमा बसेर हामीले बिरामीको उपचार र व्यवस्थापनमा सहयोग गर्नेछौँ' डा गिरीले भन्नुभयो ।
नेपाल सरकारले कोरोनाको उपचार र व्यवस्थापनका लागि अस्पतालमा टोली बनाएको छ । यो टोलीले जहाँ अप्ठ्यारो पर्छ त्यहाँ पुगेर सहयोग गर्नेछ । यो टोली निश्चित समयका लागि परिचालन हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।