सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – काठमाण्डौका अस्पतालमा कोरोनाका जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटरसहित सघन उपचार कक्ष आईसीयू शय्याकाे चरम अभाव हुन थालेपछि उपत्यकाबाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी बिरामी लैजान थालिएको छ ।
काठमाण्डौको मनमोहन अस्पतालमा उपचाररत एक काेराेना भाइरसका सङ्क्रमितलाई साेमवार (आज) झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा लगिएको छ । बिरामीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत 'बेड लिफ्ट' गरिएको हाे ।
काठमाण्डौका अस्पतालमा भेन्टिलेटरसहितको आइसीयू शय्या नपाएपछि झापा कमल गाउँपालिका वडा ५ का एक सङक्रमितलाई बीएण्डसी अस्पताल लगिएको हो ।
यसअघि ह्याम्स अस्पतालबाट झापाकै एक जनालाई लगिएको थियो । ती सङ्क्रमितको अवस्था सुधार भइरहेको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
RAVI RANJIT
May 22, 2021, 11:38 a.m.जनता कोरोना कहर बाट त्रसित अवस्थामा छन, तर दलका नेता भनाउदाहरुलाइ लाजनितीमा फुर्सद छैन ! प्रधानमन्त्री बाट आफुलाइ प्रतिकुल भयो भन्दैमा ससद विघटन गर्न पाइन्छ ? के राज्य संग निर्वाचनको लागि धाउन सक्ने बजेट छ ? के को लागि निर्बाचन ? नेपाली जनतालाइ अस्पताल चाहिएको छ,निर्बाचन होइन , होइन भने कुन अनुसार लिएर जनता सामु भोटको लागि हात जोड्न जाने, छ हिम्मत ?