सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्कटका बेला भ्रमको खेती गर्नेबाट सचेत रहन आग्रह गर्नुभएको छ । निजी क्षेत्रका उद्योगी र अस्पतालका प्रतिनिधिसँगको छलफलमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक पोखरेलले भन्नुभयो, महामारीसँग जुध्न राज्यका तर्फबाट सबै प्रयत्न गरिन्छ, हामी सबै मिलेर यो समस्याको समाधान गर्नुपर्छ, अनावश्यक भ्रमबाट सचेत हुनुपर्छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, ग्यास उत्पादक र निजी क्षेत्रका अस्पतालका प्रतिनिधिसँग भएको छलफलमा अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा कसरी सञ्चालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउने लगायतका विषयमा विमर्श भएको थियो ।
उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार छिटो माध्यमबाट अक्सिजन प्लान्ट सञ्चालन गर्न आवश्यक सम्पूर्ण समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ । काठमाण्डाै उपत्यका र काभ्रेमा गरी अहिले नौ वटा अक्सिजन उद्योग सञ्चालित छन् । दैनिक १५ हजार सिलिन्डर भन्दा बढी माग भए पनि ती उद्योगबाट अहिले सात हजार दुई सय सिलिन्डर अक्सिजन उत्पादन हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।