ढुङ्गा बाेकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो, दुई जना घाइते

 जेठ ३, २०७८ सोमबार १९:०:५९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ दुलिङ खोलामा सोमवार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ढुङ्गा बोकेर रा १ त ३८९५ नम्बरको ट्याक्टर बाँफिकोट गाउँपालिका ६ बाट जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा बाँफिकोट गाउँपालिका ६ का १६ वर्षीय आशिष केसीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल शाहीले बताउनुभयो । दुर्घटनामा मुसिकोट नगरपालिका ७ का २५ वर्षीय चालक मनबहादुर विक र विजय अधिकारी घाइते भएको प्रहरीले जनाएको छ । 

घाइते दुवैको स्थानीय कुसारी मेडिकल हलमा उपचार भइरहेको छ ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया