कोरोनाका कारण काठमाण्डौ उपत्यकासहित २० जिल्ला अति जोखिममा

 जेठ ४, २०७८ मंगलबार ७:५४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरस सङ्क्रमणबाट काठमाण्डौ उपत्यकासहित २० जिल्ला अति जोखिममा छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ, ललितपुर, भक्तपुर, मोरङ, रुपन्देही, काभ्रे, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी जोखिममा छन् । यी जिल्लाहरुमा सङ्क्रमितको संख्या धेरै रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या १ लाख १३ हजार नाघेको छ ।

देशभर ७ सय ८ क्वरेण्टीनमा छन् । १ हजार २ सय ५९ आईसीयू र ४ सय सङ्क्रमित भेन्टिलेटरमा छन् । मन्त्रालयका अनुसार प्रदेश-१ मा १ सय ७४ आईसीयू र ५२ भेन्टिलेटर, प्रदेश-२ मा २ सय ७ आईसीयू र ५७ जना भेन्टिलेटरमा छन् । वाग्मती प्रदेशमा ५ सय २९ जना आईसीयू र २ सय २३ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा १ सय १६ आईसीयू र ३३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय १३ आईसीयू र १८ जना भेन्टिलेटर, कर्णालीमा ८१ आईसीयू र ८ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३९ आईसीयू र नौ जना भेन्टिलेटरमा उपचाररत छन्।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया